आइतबार, साउन ३१, २०८३

आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

जिल्ला अदालत रौतहटले पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

काठमाडौं - जिल्ला अदालत रौतहटले पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

रौतहटको राजपुर फरदवामा १२ वर्ष अगाडि भएको घटनामा बम विष्फोट, कर्तब्य ज्यान र ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा जिल्ला अदालत रौतहटले आलमलाई पूर्पक्षको लागि कारागार चलान गर्न आदेश गरेको हो ।

दुवै पक्षको थुनछेक बहस सकिएपछि शुक्रबार अदालतले आलमलाई थुनामा पठाउन आदेश दिएको हो। आदेशमा मिसिलसँग संलग्न प्रमाणबाट  प्रारम्भिक रुपमा घटनामा आलमको संलग्नता देखिएको भनिएको छ ।

जिल्ला अदालत, रौतहटका न्यायाधीश दीपक ढकालको एकल इजलासले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को ६७(१) ख बमोजिम थुनामा राखेर मुद्दाको बाँकी कार्य अगाडि बढाउन भनेको हो।

मुद्दामा वादी तर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ जना कानुन व्यवसायीले ८ दिन लगाएर बहस गरेका थिए।

जिल्ला सरकारी वकिलको कार्यालयले गत कात्तिक १८ गते आलमसहित ११ जनामाथि सजायको माग दाबी गर्दै जिल्ला अदालत रौतहटमा मुद्दा दर्ता गरेको थियो।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनको अघिल्लो दिन मतदातालाई प्रभावित बनाउन बम बनाउँदै गर्दा विस्फोट भएको र विस्फोटका घाइतेलाई नजिकैको इट्टाभट्टामा हालेर मारेको आरोप आलममाथि लागेको छ।

प्रकाशित: Nov 15, 2019| 11:56 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।