शुक्रबार, साउन १, २०८३

महिला भलिबल टोलीलाई जनही ३ लाख दिइने

एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला भलिबल टोलीका सबै सदस्यले जनही तीन–तीन लाख रुपैयाँ पुरस्कार पाउने भएका छन्।
 |  शुक्रबार, कात्तिक २९, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २९, २०७६

काठमाडौं- एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली महिला भलिबल टोलीका सबै सदस्यले जनही तीन–तीन लाख रुपैयाँ पुरस्कार पाउने भएका छन्।

बंगलादेशमा सम्पन्न पहिलो संस्करणको एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता टोलीलाई सरकारले नगदसहित सम्मानित गर्ने भएको हो।

शुक्रबार स्वदेश फर्किएको महिला टिमलाई स्वागत गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले नगद पुरस्कारको घोषणा गरे।

नेपाली महिला भलिबल टोलीले माल्दिभ्स्लाई सोजो सेटमा पराजित गर्दै ढाकामा बिहिबार सम्पन्न च्याम्पियनसिपको उपाधि जितेर ऐतिहासिक सफलता हात पारेको थियो।

प्रकाशित: Nov 15, 2019| 12:05 शुक्रबार, कात्तिक २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।