०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यले खोलाको १७ रोपनी १४ आना जग्गा आफ्नो नाममा बनाएर बेचेको खुलेको छ ।
बाँकेको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराईचमा मृत भेटिएका छन्। बहराईचस्थित शंकर होटलको कोठामा ६० वर्षीय खड्का मृत भेटिएका बाँके प्रहरीले पुष्टि गरेको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखको चयन अविलम्ब गर्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले संसद्लाई अनिर्णयको बन्दी नबनाउन आग्रह गरे।
नक्कली उपभोक्ता समिति बनाई रकम हिनामिना गर्ने सिराहाका एक पूर्वसांसदसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे हिंसात्मक द्वन्द्वका बेला मारिएकामध्ये ५ हजारको जिम्मेवारीमात्र आफूले लिने बताएका छन्।
संखुवासभा चैनपुरकी सुमित्रा शाक्य धरानमा धातुका हस्तकलाका सामान बनाउँछिन्। २०५४ मा विवाह गरेर धरान आएकी उनले धातुका हस्तकला सामान बनाउन थालेको दशक पुगिसक्यो।