मंगलबार, चैत १०, २०८२

त्रिभुवन आर्मी क्लब मनमोहन मेमोरियल कपको फाइनलमा

इनरुवामा जारी मनमोहन मेमोरियल स्मृति कपको पहिलो सेमिफाइनल खेल सकिएको छ । खेलबाट विभागीय टोली त्रिभुन आर्मी क्लब फाइनल प्रवेश गरेको छ ।
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

काठमाडौं– इनरुवामा जारी मनमोहन मेमोरियल स्मृति कपको पहिलो सेमिफाइनल खेल सकिएको छ । खेलबाट विभागीय टोली त्रिभुन आर्मी क्लब फाइनल प्रवेश गरेको छ ।
आज भएको खेलमा प्रदेश ३ लाई ६४ रनले हराउँदै आर्मीले फाइनल यात्रा तय गरेको हो । ४६.३ ओभरमा पूरै विकेट गुमाउँदै आर्मीले २१६ रन बनाएर २१७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रदेश ३ ले ३८.१ ओभरमा पूरै दश विकेट गुमाएर १५२ रनमात्र बनाउन सक्यो ।

National life

प्रदेश ३ का ओपनर रित गौतम एक रन पनि नलिई आउट भए । उनी पहिलो बलमै आउट भएका थिए । त्यस्तै र्का ओपनर सुवास खकुरेलले १५ बल खेलेर २ चौका हान्दै १५ रन बनाए । रितलाई विक्रम सोबले मैदान बाहिर पठाएका थिए भने सुवास रन आउट भए ।

त्यस्तै ३ चौकाका साथ ३३ बलमा १७ रन प्रहार गरेका इशान पाण्डेलाई हरिबहादुर चौहानले आउट गराएका थिए। लक्ष्य भेट्न कसरत गरिरहेको प्रदेश ३ लाई सोनु तामाङले सर्वाधिक योगदान दिए । उनले ४ चौकाको मद्दतमा ७५ बलमा ७४ रन बनाए । कुशल मल्लको बल भीम सार्कीले क्याच गरेपछि तामाङ आउट भएका थिए । यसबाहेक कसैले पनि दोहोर अंक जोड्न सकेनन् ।

आर्मीका तर्फबाट शुसन भण्डारीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै शहबाव आलमले २ विकेट लिए भने विक्रम सोब, हरिबहादुर चौहान, हरिकृष्ण झा र कुशल मल्लले समान एक–एक विकेट लिए ।

खेलको पहिलो हाफमा आर्मीका लागि सर्वाधिक रन अनिल मण्डलले बनाए। उनले ७४ बलमा ३ चौकासँगै ४३ रन बनाए । मण्डललाई तिलक राजभण्डारीले आउट गराएका थिए ।

Laxmi sunrise bank
kumari

ओपनर हरिकृष्ण झाले २५ बलमा २४ को स्ट्राइक रेट बनाउँदै ६ रन जोडे । उनलाई बाहिर पठाउन गौतम केसीले फालेको बल आदिल खानले क्याच गरे । झा बाहिरिएपछि मैदान प्रवेश गरेका हरिबहादुर चौहानले ९ बल खेलेर एक रनभन्दा धेरै जोड्नै सकेनन् ।

चौहानलाई पनि गौतम केसीले आउट गराएका थिए । त्यस्तै ३७ बल खेलेर २९ रन बनाएका रोहित पौडेलले ४ चौका प्रहार गरे । खेलको लयमा जमिसकेका पौडेललाई नन्दन यादवले मैदानबाहिर पठाएका थिए । यादवको बल रामनरेश गिरीले क्याच गरेपछि पौडेल आउट भए ।
राजेश पुलामी १५ ओभरमा १७ रन निकाल्दै बाहिरिए । उनले ४ चौका प्रहार गरेका थिए ।

त्यस्तै विनोद भण्डारीले २० बलमा ६ रन प्रहार गरे । २६ बलमा ३७ रन बनाउँदै आक्रामक सुरुवात गरेका कुशल मल्लले ४ चौका र २ छक्का प्रहार गरे ।

त्यस्तै विक्रम शोव, शुसन भारीले क्रमशः २४ र १३ रन बनाएका छन् । शाहब आलम एक बलमा एक रन ल्याएर अविजित रहे । प्रदेश ३ का तर्फबाट गौतम केसी, तिलक भण्डारी, नन्दन यालव र इसान पाण्डेले समान २२ विकेट लिए ।

प्रकाशित: Jan 15, 2020| 17:07 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।