मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेप्से परिसूचक २०.८५ अंकले उकालो, चार कम्पनीको काराेबारमा सर्किट ब्रेक

नेप्से परिसूचक २०.८५ अंकले उकालो, चार कम्पनीको काराेबारमा सर्किट ब्रेक

यो साताको सुरुका दुई दिन बढेर ओरालो लागेको सेयर बजार परिसूचक (नेप्से) बुधबार पुनः २०.८५ अंकले उकालो लागेको छ
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

काठमाडौं– यो साताको सुरुका दुई दिन बढेर ओरालो लागेको सेयर बजार परिसूचक (नेप्से) बुधबार पुनः २०.८५ अंकले उकालो लागेको छ। पछिल्ला तीन कारोबार दिनमा ६१ अंकले बढेको नेप्से मंगलबार ओरालो लागे पनि बुधबार १२८४.२३ विन्दुमा पुगेको हो।

यसदिन कारोबार रकममा भने केही कमी आएको छ । बुधबार १७७ वटा कम्पनीको ३० लाख ५५ हजार २३३ कित्ता सेयर ९० करोड ४८ लाख रुपैयाँमा खरिद–बिक्री भयो।

मंगलाबर चाहिँ एक अर्ब दुई करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । बुधबार कारोबारमा भएका कम्पनीहरुमध्ये ४ वटा कम्पनीको सेयर कारोबारमा सर्किट ब्रेक लागेको थियो।

विशालबजार कम्पनी, रिलायन्स फाइनान्स, इन्फिनिटी लघुवित्त र पाँचथर पावरको कारोबारमा सर्किट ब्रेक लागेको हो।

यसदिन धेरै कमाउनेहरुमा सर्किट ब्रेक लागेका चार कम्पनीसँगै साल्ट ट्रेडिङ कम्पनी, ग्लोबल आईएमई लघुवित्त, पञ्चकन्या माई हाइड्रोपावर र गुराँस लघुवित्तका लगानीकर्ताहरु रहेका छन् ।

यस्तै यसदिन गुमाउनेहरुमा रैराङ हाइड्रोपावर, लाइफ इन्स्योरेन्स कम्पनी, शिवम् सिमेन्ट्स, सेन्ट्रल फाइनान्स, स्वाभिमान लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताहरु रहेका छन् ।

बुधबार कारोबारमा आएका १२ समूहगत उपसूचकमध्ये ९ वटा समूहगत सूचक उकालो लागेका छन् भने बाँकी ३ वटा ओरालो लागेका छन् ।

बुधबार एनआइसी एशिया बैंक, एनएमबि बैंक,नागरिक लगानी कोष, नेपाल लाइफ इन्स्योरेन्स, डिप्रोक्स लघुवित्त, एभरेष्ट बैंक, सिभिल बैंक, प्रभु बैंक र एनसीसी बैंकहरुको कारोबार धेरै रहेको छ ।

प्रकाशित: Jan 15, 2020| 16:53 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्