मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रचण्डले भने, ‘१७ हजार मारेकाे होइन, ५ हजारको जिम्मा लिन्छु, रेशम चौधरीलाई जेलमुक्त गर्छु’

प्रचण्डले भने, ‘१७ हजार मारेकाे होइन, ५ हजारको जिम्मा लिन्छु, रेशम चौधरीलाई जेलमुक्त गर्छु’

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे हिंसात्मक द्वन्द्वका बेला मारिएकामध्ये ५ हजारको जिम्मेवारीमात्र आफूले लिने बताएका छन्।
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षे हिंसात्मक द्वन्द्वका बेला मारिएकामध्ये ५ हजारको जिम्मेवारीमात्र आफूले लिने बताएका छन्।

थारु कल्याणकारिणी सभाले काठमाडौंमा आयोजना गरेको माघी महोत्वसलाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई ताकेर ‘१७ हजार मान्छे मारेर आएको’ भन्ने गरिएकोमा त्यो तथ्यांक सच्याउनुपर्ने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘म तथ्यांक सच्याउन चाहन्छु, मलाई १७ हजार मारेर आएको भन्छन्, तत्कालीन राज्यसत्ताले १२ हजार मारेको हो, ५ हजारको जिम्मेवारी मैले लिनुपर्ने भए लिन्छु।’

उनले भने, ‘राज्यले मारेको पनि मेरै टाउकोमा हाल्ने गरिएको भने यो न्याय हुँदैन।’

उनले आफूले युद्धको जिम्मेवारी लिन तयार रहेको बताउँदै नगरेको कामको दोष पनि आफूमाथि नै थुपारियो भने त्यो अन्याय हुने बताए।

‘कार्यकारी प्रधानमन्त्री हुँदा रेशमलाई भेटेँ’

कार्यक्रममा प्रचण्डले टीकापुर काण्डका आरोपी रेशम चौधरीलाई आफूले नयाँ दिल्लीमा प्रधानमन्त्रीको हैसियतमा भेटेको स्वीकार गरेका छन्।

‘भारतको दिल्लीमा रेशमलाई सबभन्दा पहिले प्रधानमन्त्रीको हैसियतले मैले भेटेँ, के थियो तपाईँको समस्या भनेर सोधेको थिएँ,’ प्रचण्डले भने।

उनी प्रधानमन्त्री रहेका बेला रेशमलाई भेटेको भन्दै आलोचना भइरहँदा भने उनले यो विषयमा कुनै प्रतिक्रिया दिएका थिएनन्।

उनले रेशमलाई जसरी पनि जेलमुक्त गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रचण्डले भने, ‘रेशमलाई डिल्ली बजारको खोरबाट सपथ गराउने पनि मै हो, हेर्दै जानुहोला उहाँलाई म छुटाएरै छाड्छु।’

उनले टीकापुर घटनाको सन्दर्भमा लागेका मुद्दा खारेज गरिनेबारे बहस भइरहेको समेत बताएका थिए ।

साथै उनले अगाडि भने, ‘थारु मात्र होइन, माओवादी आन्दोलनमा लागेका, मसँगै भएका साथीहरु पनि अहिले जेलमा छन्। हिजो जनयुद्धमा संलग्न भएका पहाडिया, बाहुन समुदायका व्यक्ति पनि जेलमा छन्। गोरखामा भर्खरै एकजना पक्राउ परेका छन्, उनलाई छुटाउनका लागि पनि मेरो आन्दोलन जारी छ भन्ने बुझ्नुहोला।’

प्रकाशित: Jan 15, 2020| 16:46 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।