मंगलबार, भदौ २, २०८३

सनराइज बैंकको 'क्यास ब्याक' योजना

 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

काठमाडौं - सनराइज बैंकले क्यास ब्याक योजना ल्याएको छ। डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले बैंकले क्यास ब्याक योजना ल्याएको हो।

माघ १ अर्थात बुधबारदेखि सुरु भएर तीन महिनासम्म सञ्चालन हुने यस योजनामा बैंकका डेबिट/क्रेडिट कार्ड सेवा लिएका तर हालसम्म पनि पोइन्ट अफ सेल (पीओएस) टर्मिनल वा ई-कमर्श मा कार्ड प्रयोग नगरेका ग्राहकहरुले पीओएस टर्मिनल र ई-कमर्शमा कारोबार गर्दा २ सय ५० रुपैयाँ क्यास ब्याक प्राप्त गर्न सक्नेछन्।

योजना अन्तर्गत क्यास ब्याक प्राप्त गर्नको लागि डेबिट/क्रेडिट कार्ड मार्फत महिनामा कम्तीमा दुई पटक न्यूनतम पाँच सय वा सोभन्दा बढीको कारोबार गर्नुपर्नेछ। साथै, कुनै पनि ग्राहकले डेबिट/क्रेडिट कार्ड मार्फत एकै पटक वा पटकपटक गरी एक महिनामा पन्ध्र हजार वा सो भन्दा बढीको खरिद कारोबार गरेमा एक हजार क्यास ब्याक प्राप्त गर्न सक्नेछन्। यस योजनामा एकजना कार्डहोल्डरले उल्लेखित योजना मुताबिक अधिकतम ३५ सयसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

प्रकाशित: Jan 15, 2020| 16:18 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्