मंगलबार, भदौ २, २०८३

बजेट खर्च झन् कमजोर, १ खर्ब ७४ अर्ब खातामै थन्कियाे

प्रधानमन्त्रीले आफैं समीक्षा गर्नुका साथै मन्त्री र कर्मचारीहरूसँग कार्यसम्पादन करार सम्झौता गरे पनि यो वर्ष बजेट खर्च गत वर्षभन्दा कमजोर देखिएको छ ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडाैं- प्रधानमन्त्रीले आफैं समीक्षा गर्नुका साथै मन्त्री र कर्मचारीहरूसँग कार्यसम्पादन करार सम्झौता गरे पनि यो वर्ष बजेट खर्च गत वर्षभन्दा कमजोर देखिएको छ ।

चालु आर्थिक वर्षको ६ महिना (साउन–पुस) मा खर्च विगतमा भन्दा झन् कम भएर १ खर्ब ७४ अर्ब रुपैयाँ सरकारी खातामै थन्किएको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार पुस २५ गतेसम्ममा कुल बजेट खर्च २६ प्रतिशत र विकास बजेट खर्च १४ प्रतिशत मात्रै छ । राजस्व, वैदेशिक अनुदान तथा ऋणलगायत शीर्षकमा सरकारले प्राप्त गरेको बजेटमध्ये १ खर्ब ७४ अर्ब खातामा मौज्दात छ ।

कात्तिकसम्म मौज्दात रकम १ खर्ब ५० अर्ब रुपैयाँ मात्रै थियो । ‘यो खातामा केही ठेक्कापट्टा र अन्य क्षेत्रको धरौटी तथा राजस्व फिर्ताअन्तर्गतको रकम पनि हुन्छ, जुन न्यून छ,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘अधिकांश रकम सरकारले खर्च गर्न नसकेरै थुप्रिएको हो ।’ उनका अनुसार मौज्दातमध्ये ५८ अर्ब रुपैयाँ स्थानीय तहले खर्च गर्न नसकेको रकम हो ।

यस आधारमा केन्द्र र प्रदेश सरकारलाई गएको अनुदानमध्ये १ खर्ब १६ अर्ब रुपैयाँ थन्किएको छ । प्रदेश र स्थानीय तहले केन्द्रीय अनुदानबाहेक के कति खर्च गरे भन्ने विवरण भने यसमा समावेश छैन । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकले समेत बजेट पर्याप्त खर्च हुन नसकेको स्पष्ट पार्छ ।

यस वर्ष सरकारले ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ विकास (पुँजीगत) बजेट विनियोजन गरेको थियो । पुस अन्तिमसम्म ५८ अर्ब ३९ करोड ४८ लाख रुपैयाँ मात्रै अर्थात् १३.७१ प्रतिशत मात्रै खर्च भएको छ ।

अर्थ मन्त्रालयले विकास बजेट पुँजीगत शीर्षकमा मात्रै नरहने हुँदा यसले वास्तविक खर्चको मापन नगर्ने जनाउँदै आएको छ । तर चालु बजेट पनि ६ महिनामा उल्लेख्य खर्च हुन सकेको छैन । महालेखा नियन्त्रकको कार्यालयका अनुसार विनियोजितमध्ये ३२.३५ प्रतिशत मात्रै चालु बजेट खर्च भएको छ ।

यस वर्ष चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएकामा पुस अन्तिमसम्ममा ३ खर्ब ९ अर्ब ५८ करोड ८७ लाख रुपैयाँ मात्रै खर्च भएको हो । समग्र बजेट नै २५.८१ प्रतिशत मात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

कुल, चालु तथा पुँजीगत खर्च प्रतिशतका आधारमा गत वर्षको तुलनामा निकै कम हो । गत वर्ष सुरुका ६ महिनामा कुल बजेट साढे २८ प्रतिशत, चालु बजेट ३५ र पुँजीगत बजेट करिब १८ प्रतिशत खर्च भएको थियो । कान्तिपुरमा खबर छ । 

प्रकाशित: Jan 16, 2020| 08:01 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।