मंगलबार, भदौ २, २०८३

कुमारी बैंकले देवः विकास बैंक किन्ने

कुमारी बैंकले देवः विकास बैंक किन्ने भएको छ ।
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

काठमाडौं– कुमारी बैंकले देवः विकास बैंक किन्ने भएको छ । लामो समयको छलफलपछि दुवै बैंकका सञ्चालक यस्तो सहमतिमा पुगेका हुन्।

कुमारी बैंकले १००ः८५ को स्वाप रेसियोमा देवःलाई एक्वायर गर्ने सहमति बनेको छ। यद्यपि, अहिलेसम्म ड्यु डेलियन्स अडिट (डिडिए) नगरिसकेकोले केही तलमाथि हुन सक्नेछ । यसअघि देवः विकास बैंक एक्वायर गर्नका लागि विभिन्न वाणिज्य बैंकहरुले छलफल गरिरहेका थिए । तर, सेयर स्वाप रेसियोमा कुरा मिलेको थिएन ।

भोलिसम्ममा एक्वायर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरिने बताइएको छ । कुमारी बैंकले देवः विकास बैंक एक्वायर गरेमा उसको चुक्तापुँजी १२ अर्ब २२ करोड पुग्नेछ ।

हाल कुमारी बैंकको चुक्तापुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा रहेको देवः विकास बैंकको पुँजी भने २ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित: Jan 15, 2020| 17:11 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्