सोमबार, असोज २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • भीमसेन मन्दिर पुनःनिर्माणमा इन्भेष्टमेण्ट बैंकको सहयोग

भीमसेन मन्दिर पुनःनिर्माणमा इन्भेष्टमेण्ट बैंकको सहयोग

पाटनको प्रसिद्ध भीमसेन मन्दिर पुनःनिर्माणका लागि नेपाल इन्भेष्टमेण्ट बैंकले आज रु ५० हजार सहयोग गरेको छ।
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

ललितपुर- पाटनको प्रसिद्ध भीमसेन मन्दिर पुनःनिर्माणका लागि नेपाल इन्भेष्टमेण्ट बैंकले आज रु ५० हजार सहयोग गरेको छ।

मन्दिर पुनःनिर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले सो रकम हस्तान्तरण गरेका हुन्।

सो बैंकका अध्यक्ष पुथ्वीबहादुर पाण्डेले केही समय पहिले नै उक्त रकमको घोषणा गरेका थिए। बुधबार प्रतिबद्धताअनुसार रकम हस्तान्तरण गरिएको हो।

सहयोग ग्रहण गर्दै समितिका अध्यक्ष महर्जनले प्राप्त रकमले पुनःनिर्माण कार्यलाई समयमा नै सम्पन्न गर्न सहयोग पुग्ने बताए।

विसं. २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त पाटन मङ्गलबजारस्थित व्यापारीवर्गको आराध्य देवताका रूपमा रहेको भीमसेन मन्दिर पुनःनिर्माण भइरहेको छ।

गतवर्ष ललितपुर महानगरपालिका, ललितपुर उद्योग वाणिज्य सङ्घ, मङ्गल टोल सुधार समितिलगायत जातीय समाज, व्यापारिक वर्ग, सङ्घसंस्थासमेत संलग्न रहेको ‘श्री भिमसेन मन्दिर पुनःनिर्माण सरोकार समिति’ बनेको थियो।

उक्त समितिमार्फत आर्थिक स्रोत जुटाएर मन्दिरको पुनःनिर्माणको काम अघि बढेको छ। ‘हाम्रो सम्पदा हामी आफैँ बनाउने’ भन्ने नाराका साथ अघि बढेको पुनःनिर्माणमा प्राविधिक सहयोग काठमाडौँ उपत्यका संरक्षण कोष (केभिपिटि) ले गरिरहेको छ।

मन्दिर पुनःनिर्माणमा छानामा सुन लेपन बाहेक रु. चार करोड ९३ लाख लाग्ने अनुमान गरिएको छ। विभिन्न क्षेत्रले सहयोग पुर्याउँदै आएको समितिले जनाएको छ।

प्रकाशित: Jan 15, 2020| 20:06 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्