बुधबार, असार ३१, २०८३

रोहित बने वान डे क्रिकेटर अफ द इयर

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार एक सूची जारी गर्दै २०१९ को प्रदर्शनका आधारमा विभिन्न खेलाडीलाई अवार्ड प्रदान गरेको छ ।
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

एजेन्सी– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार एक सूची जारी गर्दै २०१९ को प्रदर्शनका आधारमा विभिन्न खेलाडीलाई अवार्ड प्रदान गरेको छ । भारतीय ओपनर रोहित शर्मा वान डे क्रिकेटर अफ द इयर बनेका छन् भने बेन स्टोक्स सन् २०१९ का सर्वश्रेष्ठ क्रिकेटर बने ।

क्रिकेटर शर्मा पहिलोपटक वान डे क्रिकेटर अफ द इयर बनेका छन् । त्यस्तै विराट कोहली स्पिरिट अफ क्रिकेट अवार्डबाट सम्मानित बनेका छन् । कोहलीले सन् २०१९ को विश्वकपमा अस्ट्रेलियासँगको खेलमा प्रशंसकले स्टिभ स्मिथमाथि भैरहेको अनुचित हल्ला रोकेका थिए ।

बेलायतलाई विश्वकपमा जित दिलाउन महत्वपूर्ण योगदान दिने बेन स्टोक्सलाई आईसीसीले प्लेयर अफ द इयर अवार्डले सम्मान गरेको हो । त्यस्तै विश्वकपमा ५९ विकेट लिने अस्ट्रेलियाका बलर प्याट कमिन्सलाई सर्वश्रेष्ठ टेस्ट क्रिकेटरको उपाधिले सम्मान गरिएको छ।

प्रकाशित: Jan 15, 2020| 17:01 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।