मंगलबार, भदौ २, २०८३

सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गरिँदै

सरकारले देशभरका सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने तयारी गरेको छ।
 |  बिहीबार, माघ २, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २, २०७६

काठमाडौं– सरकारले देशभरका सबै जिल्लामा सामाजिक विकास कार्यालय स्थापना गर्ने तयारी गरेको छ।

सामाजिक सेवा क्षेत्रका काम प्रभावकारी बनाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ७७ वटै जिल्लामा सामाजिक विकास कार्यालय खोल्ने तयारी गरेको हो।

यस विषयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले प्रदेशका सामाजिक विकास मन्त्रीहरूसँग ललितपुरमा छलफल गरेका छन्।

मन्त्री गुरुङसँगको छलफलमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश २ का नवलकिशोर साह, गण्डकी प्रदेशकी नरदेवी पुन, प्रदेश ५ का सुदर्शन बराल र कर्णाली प्रदेशका दल रावल सहभागी थिए। छलफलमा कार्यालय स्थापना गर्ने विषयमा सैद्धान्तिक सहमति जुटेको बताइएको छ।

सामाजिक विकास कार्यालय स्थापना भए सामाजिक क्षेत्रको कामलाई प्रभावकारी ढंगले अघि बढाउन सहज हुने मन्त्री गुरुङको विश्वास छ।

प्रकाशित: Jan 16, 2020| 08:14 बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।