शुक्रबार, असोज ३०, २०८३

पूर्वसांसदसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली उपभोक्ता समिति बनाई रकम हिनामिना गर्ने सिराहाका एक पूर्वसांसदसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

काठमाडौं - नक्कली उपभोक्ता समिति बनाई रकम हिनामिना गर्ने सिराहाका एक पूर्वसांसदसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अग्नीसाइर कृष्णसवरण गाउँपालिका २ र ३ मा पर्ने सडक ग्राभेल गर्न किर्ते व्यक्ति खडा गरी उपभोक्ता समिति गठन गरेर पूर्वाधार विकास कार्यालयसँग सम्झौता गरि रकम हिनामिना गरेको आरोपमा पूर्वसांसद विपी यादव तथा तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डल, विरेन्द्रकुमार मण्डल, कृष्णकुमार यादव र नायब सुव्वा भागवत यादवविरुद्ध मुद्दा दायर गरिएको हो।

उनीहरुले एउटा कामको लागि गठन भएको उपभोक्ता समितिका पदाधिरीको नागरिकताको फोटोकपीमा विवरण सच्याएर अर्को उपभोक्ता समितिको लागि सिफारीस गर्न लगाएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

राजगढ गाउँपालिकास्थित मुतनी नदी सिंचाई आयोजनाको कार्य गर्न गठित उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको फोटोकपीमा विवरण सच्याएर अग्निसाइर कृष्णसवरण गाउँपालिकाको इटहर्वादेखि कनौलीबाट आधारभूत विद्यालय इटहर्वासम्मको सडक निर्माणमा प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय जनकपुरको नाउँमा सिफारिस पत्र बनाउन लगाएको खुलेको छ।

गलत कागजातको आधारमा योजना सम्झौता गर्दा पनि उनीहरुले नक्कली उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिवजस्ता पदाधिकारीहरुको उपस्थिति बिना नै सम्झौता गराएको तथा कृष्णकुमार यादवको नाममा सिद्धार्थ बैंक राजविराज शाखामा खाता खोल्न सिफारिससमेत गरेको खुलेको अख्तियारले जनाएको छ।

अख्तियारले विश्वनाथ, हरि, विरेन्द्रकुमार, र कृष्णकुमारविरुद्ध २५ लाख बिगो माग दाबी गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

यस्तै अख्तियारले सुर्खेत भेरीगंगा नगरपालिका–१३ साजगोठेरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कहरसिंह नेपालीविरुद्ध २ लाख १६ हजार ५ सय बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ।

वन हेरालुलाई पारिश्रमिकबापत् रकम उपलब्ध गराउँदा अध्यक्ष नेपालीले बिभिन्न व्यक्तिहरुले रकम बुझेको नक्कली बिल भरपाई बनाई आफैंले सो रकम लिएको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

प्रकाशित: Jan 15, 2020| 17:27 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।