मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी चढेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, १५ घाइते

प्रहरी चढेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, १५ घाइते

देवघाट मेलाबाट फर्किने क्रममा प्रहरीको ट्रक तनहुँमा दुर्घटना हुँदा एक प्रहरीको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

काठमाडौं - देवघाट मेलाबाट फर्किने क्रममा प्रहरीको ट्रक तनहुँमा दुर्घटना हुँदा एक प्रहरीको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

दुर्घटनामा प्रहरी जवान सन्दीप केसीको मृत्यु भएको तनहुँ प्रहरी प्रमुख एसपी बिनोद सिलवालले जानकारी दिए। उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

देवघाट मेलाको सुरक्षामा खटिएको प्रहरी टोली बोकेको ट्रक तनहुँ देवघाट गाउँपालिका–५ दासढुङ्गामा दुर्घटना भएको प्रहरीले जनाएको छ। ट्रकमा सवार टोली पोखरा गणबाट खटिएको बुझिएको छ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएका प्रहरीको चितवनमा उपचार भैरहेको छ।

प्रकाशित: Jan 15, 2020| 18:26 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।