मंगलबार, भदौ २, २०८३

भारतको होटलमा मृत भेटिए वडाध्यक्ष

बाँकेको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराईचमा मृत भेटिएका छन्। बहराईचस्थित शंकर होटलको कोठामा ६० वर्षीय खड्का मृत भेटिएका बाँके प्रहरीले पुष्टि गरेको छ।
 |  बुधबार, माघ १, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ १, २०७६

काठमाडौं - बाँकेको कोहलपुर नगरपालिका–१२ का वडाध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराईचमा मृत भेटिएका छन्। बहराईचस्थित शंकर होटलको कोठामा ६० वर्षीय खड्का मृत भेटिएका बाँके प्रहरीले पुष्टि गरेको छ।

बाँके प्रहरी प्रमुख एसपी बीरबहादुर ओलीले बहराईचको प्रहरीसँग बुझ्दा होटलको कोठामा भित्रबाट चुक्कुल लगाएको अवस्थामा उनी मृत भेटिएका जानकारी आएको बताए।

नेकपा बाँकेका अध्यक्ष आइपी खरेलले वडाध्यक्ष खड्का मंगलबार परिवार र वडा कार्यालयलाई सुर्खेत जान्छु भनेर हिँडेको बताए। सुर्खेत जान्छु भनेको मान्छे बहराईच पुगेर मृत भेटिनु संकास्पद भएको भन्दै खरेलले नेपाल प्रहरीमार्फत भारतीय प्रहरीलाई सत्यतथ्य छानविनको लागि आग्रह गरेको बताए।

सिमावर्ती जमुनाह नाकामा रहेको सीसीटीभी फुटेज हेर्दा खड्का मंलगबार बिहान साढे १० बजेको समयमा त्यहाँ देखिएको र सँगै मास्क लगाएको एक जना पनि देखिएको खरेलले जानकारी दिए।

खड्काको परिवारका सदस्य र केही नेकपाका नेता कार्यकर्ता पनि बहराईच गएको बुझिएको छ।

प्रकाशित: Jan 15, 2020| 19:01 बुधबार, माघ १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।