नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशभका विभिन्न भागमा आएको बाढीपहिरोबाट पीडितलाई तत्काल उद्धार, राहत साथै विस्थापितलाई बासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
लिग रद्द भएपछिको खेलमा लिग वान च्याम्पियन पीएसजीले फ्रान्सेली फुटबलमा सानदार कमब्याक गरेको छ। पाँच हजार दर्शक उपस्थित रंगशालामा ला हाभ्रेविरुद्ध ९ गोल गर्यो।
चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको छ। १४१ जनाको मृत्यु भएको छ या हराएका छन्। तीमध्ये केही मारिएका र केही बेपत्ता भएका हुनसक्ने बताइएको छ।
ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो छ। साथै यहाँ पछिल्ला हप्ताहरुमा यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्यामा पनि बृद्धि भइरहेको प्राप्त तथ्यांकहरुमा देखिएको छ।