सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • कोरोनाको महामारीपछिको पहिलो टेस्ट क्रिकेटमा वेस्ट इन्डिज विजयी

कोरोनाको महामारीपछिको पहिलो टेस्ट क्रिकेटमा वेस्ट इन्डिज विजयी

कोरोनाको महामारीपछि पहिलो पटक इंग्ल्यान्डमा भएको टेस्ट क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिज ४ विकेटले विजयी भएको छ।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

एजेन्सी- कोरोनाको महामारीपछि पहिलो पटक इंग्ल्यान्डमा भएको टेस्ट क्रिकेट प्रतियोगितामा वेस्ट इन्डिज ४ विकेटले विजयी भएको छ।

पाँच दिनको टेस्ट प्रतियोगिताअन्तर्गत दुई पारीको खेलमा समग्रमा ३१८ र २०० रन बनाउँदै पाहुना टोली ४ विकेटले विजयी भएको हो ।

खेलको पहिलो र दोस्रो इनिङमा इंग्ल्यान्डले २०४ र ३१३ रन बनाएको थियो।

कोरोनाको महामारीले ठप्प भएको क्रिकेट प्रतियोगिता बुधबारबाट औचारिक रुपमा सुरु भएको हो ।

इंग्ल्यान्डमा दिउँसो साढे ३ बजेबाट आयोजक टोलीले अफ्रिकन टिम वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने तय भए तापनि प्रतिकुल मैसमका कारण केही समय ढिलो सुरु भयो।

प्रतिस्पर्धामा आयोजक इंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको थियो। ओपनिङमा इंग्ल्यान्डका रोरी बन्र्स र डोम सिबले आएका थिए। तर सिबले धेरै समय टिक्न भने सकेनन्।

दोस्रो ओभरमा ब्याटिङ गरिरहेका सिबलेलाई चौथो बलमै बोल्ड आउट गर्दै शन्नोन ग्याब्रियले पेवेलियन फर्काए।

ग्याब्रियल कोरोना महामारीपछि सुरु भएको खेलमा पहिलो विकेट लिने खेलाडी बने जतिबेला आयोजन इंग्ल्यान्डले एक रन पनि जोड्न सकेको थिएन।

पहिलो दिन १७.४ ओभरसम्म खेल हुँदा १.९८ को रन रेटमा आयोजकले ३५ रन जोड्यो। दोस्रो दिन अर्थात् बिहीबार(जुलाई ९) मा इंग्ल्यान्डले सबै विकेट गुमाउँदै २०४ रन जोड्न सफल बन्यो। उ ६७.३ ओभरमा ३.०२ रन रेटका साथ बाहिरियो।

पहिलो पारीमा आयोजक इग्ल्यान्डका कप्तान बेन स्टोक्सले सर्वाधिक ४३ रन जोडे। त्यस्तै जोस बटलरले ३५ र डोम बेसले अविजित ३१ रन बनाए। रोरी ब्रुन्सले ३० रन बनाउँदा जोय डेन्लिीले १८ रन जोडे।

यता वेस्ट इंन्डिजका कप्तान जेसन होल्डरले ४२ रन खर्च गर्दै ६ विकेट लिए। उनले २० ओभर बलिङ गरे। त्यस्तै सन्नोन ग्याब्रियलले ४ विकेट गिराए। आयोजक इंग्ल्यान्ड अलआउट भएसँगै बिहीबारको खेल सुरु भयो।

तेस्रो दिन(शुक्रबार)को खेलमा पाहुना टोली वेस्ट इंडिज आयोजक इंग्ल्यान्डविरुद्ध ११४ रनको अग्रता बनाउँदै अलआउट भयो। २०४ रन बनाएको घरेलु टोलीविरुद्ध वेस्ट इंडिजले ३१८ रन बनायो।
पाहुना टोलीका ओपनर क्रेइग ब्रेथवेटले ५ चौकाका साथ सर्वाधिक ६५ रन र शेन डोवरीचले ८ चौकाका साथ ६१ रन बनाएर अर्धसतकिय इनिङ खेले। त्यस्तै रोस्टन चेसले ४७, शाम्रह ब्रुक्सले २९ र जने क्याम्पवेलले २८ रन जोडे।

बलिङतर्फ इंग्ल्यान्डका कप्तान बेन स्टोक्सले ४ विकेट लिए भने जेम्स एन्डरसनले ३ र डम बेसले २ विकेट लिए। पाहुना टोलीलाई अलआउट गरेपछि आयोजक इंग्ल्यान्डले सोही दिन दोस्रो इनिङको ब्याटिङ सुरु गर्यो।

चौथो दिन शनिबार पनि इंग्ल्यान्डले ब्याटिङ लाइनमा सुधार गर्न सकेन। ८ विकेट गुमाएको इंग्ल्यान्डले २८४ रन जोड्यो।
दोस्रो इनिङमा ज्याक क्रलीले सर्वाधिक ७६ रन जोडे। त्यस्तै सिबलेले पनि ५० रनको अर्धसतकिय इनिङ खेले। कप्तान बेन स्टोक्सले ४६ रन जोड्दा रोरी ब्रुन्सले ४२ रनको योगदान दिए।

समग्रमा ३१३ रन बनाउँदै इंग्ल्यान्ड १११.२ ओभरको क्षतिमा अलआउट भयो। दोस्रो इनिङमा ब्याटिङलाई सुधार गर्दै इंग्ल्यान्डले सो रन जोडेको थियो।

यता वेस्ट इन्डिजका सन्नोन ग्याब्रियलले २१.१ ओभर बलिङगर्दै ५ विकेट लिए। त्यस्तै अल्जारी जोसेफ र रुस्तोन चेजले समान २÷२ विकेट लिए भने कप्तान जेनस होल्डरले एक विकेट लिए।

अन्तिम दिन आइतबारको खेलमा इंग्ल्यान्डको ओभर सकिएलगत्तै ब्याटिङमा आएको वेस्ट इंन्डिजले सुरुका ३ विकेटसम्म सम्हालिने मैका नै पाएन। सुरुमा ब्याटिङका लागि आएको क्रेइग ब्रेथवेट, शाही होप र शम्राह ब्रुक क्रमशः ४,९ र शून्य रनमा आउट भए।

तर त्यसपछि मैदान छिरेका रुस्तोन चेजले ३७, शान डावरिचले २० र कप्तान जेसन होल्डरले नट आउट १४ रनको योगदान दिए।

खेलमा जर्माइन ब्ल्याकवुडले ९५ रनको अर्धसतकिय इनिङ खेले। उनले १२ चौकाको मद्दतले सो रन बनाए। अन्तिम इनिङमा १७ ओभर बलिङ गरेका जोफ्रा आर्चरले ३ विकेट लिए भने बेन स्टोक्सले २ विकेट लिए। एक विकेट लिनेमा मार्क वुड रहे।

अन्तिम इंनिङ २०० रन बनाएपछि पाहुना टिमले ४ विकेटका साथ टेस्ट शृंखलाको पहिलो खेल आफ्नो पक्षमा पार्यो।

पहिलो टेस्ट गुमाएमा इंग्ल्यान्डका नियमित कप्तान १६ जुलाईबाट सुरु हुने दोस्रो खेलमा मैदान फर्कने छन्। दोस्रो खेल जुलाई २० मा सकने छ भने तेस्रो खेल २४–२८ जुलाईमा हुने छ।

जुलाई १२ बाट सुरु भएको टेस्ट क्रिेकट प्रतियोगितामा धेरै कुराहरु प्रतिबन्धित थिए।

अरुवेला जस्तो खलाडीले अम्पायरलाई जर्सी, चस्मा, क्यापलगायतका सामान बोक्न दिएनन्। मैदानमा सकेसम्म कम थुक्नुपर्ने थियो। बल समाइसकेपछि सेनिटाइजनरले हात सफा गरे। बल चम्काउन थुकको प्रयोगमा पूर्ण बन्देज थियो।

सबैभन्दा महत्वपूर्ण कुरा त खेल खाली रंगशालामा सम्पन्न भयो। साथै मैदान बाहिर पनि प्रशिक्षक र खेलाडीलाई समाजिक दूरी बनाएर बसे। बल अनावश्यक हातमा नलिने र बल छोएपछि नाक, कान, मुखतिर हात नलैजान खेलाडीलाई चिकित्सकको सुझाव छ।

अम्पायरले ग्लोब्स लगाउने भनिए तापनि रिकार्ड एलिनवर्थले ग्लोब्स लगाएनन्।

प्रकाशित: Jul 13, 2020| 09:05 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।