शुक्रबार, फागुन २९, २०८२

चीनमा बाढी, ३ करोड ८० लाख प्रभावित

चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको छ। १४१ जनाको मृत्यु भएको छ या हराएका छन्। तीमध्ये केही मारिएका र केही बेपत्ता भएका हुनसक्ने बताइएको छ।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

National life
Laxmi sunrise bank
kumari

चीनमा आएको भिषण बाढीका कारण व्यापक जनधनको क्षति भएको छ। १४१ जनाको मृत्यु भएको छ या हराएका छन्। तीमध्ये केही मारिएका र केही बेपत्ता भएका हुनसक्ने बताइएको छ।

बाढीका कारण ३ करोड ८० लाख प्रभावित भएका छन्। चीनका विभिन्न ठाउँमा हालैको अविरल वर्षापछि बाढी आएको हो। चीनका २७ स्थानमा बाढीले जनजीवन प्रभावित पारेको बताइएको छ। यहाँ पछिल्ला केही दिनमा आएको यस बाढीबाट २२ लाख भन्दा बढी नागरिकलाई उद्धार गरिएको छ।
चीनको याङ्चेसहितका कैयौँ नदीमा पानीको सतह बढेपछि बाढी आएको छ। बाढीका कारण यहाँका ठूलो संख्याका नागरिक गएको कम्तीमा एक हप्तादेखि नराम्ररी प्रभावित भएका छन्।
बाढीका यहाँका २८ हजार भन्दा बढी घर बगाएको या क्षति पुर्याएको छ । यसबाट यहाँको ११ अर्ब अमेरिकी डलर बराबरको क्षति पुगेको बताइएको छ। बाढीको त्रास बढ्दै गएपछि चिनियाँ राष्ट्रपति सि चिनफिङले सबै नागरिकलाई आवश्यक मात्रामा सतर्कता अपनाउन आग्रह गरेका छन्।
रासस

प्रकाशित: Jul 13, 2020| 11:30 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।