नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ। आज (सोमबार) एक तोला छापावाल सुन्न किन्न ९२ हजार ३०० रुपैयाँ खर्च गर्नु पर्नेछ।
हिजोको तुलनामा आज तोलामा २ सय रुपैयाँ बढेको हो। हिजो ९२ हजार १०० रुपैयाँ प्रतितोलामा सुन कारोबार भएको थियो।
लामो समयपछि गएको जेठ २५ गते नयाँ मूल्य तोकिँदा सुनको भाउ तोलामै १० हजारभन्दा बढीले बढेको थियो। त्यसयता केही सय घटबढ भइरहेको छ।
लकडाउनका कारण चैत ११ देखि जेठ २४ गतेसम्म सुनको औपचारिका कारोबार ठप्प भयो। बजार बन्द हुनुअघि चैत १० गते छापावाल सुन प्रतितोला ७७ हजारमा कारोबार भएको थियो।
