काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत अस्वस्थ भएपछि बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रमा उपचार गराइरहेका छन्।
उनको मुटुमा समस्या आएपछि आइतबार मुटुको एन्जिओप्लास्टी (शल्यक्रिया) गरिएको उनको निजी सचिवालयले जनाएको छ।
चिकित्सकका अनुसार राज्यमन्त्री रावतको स्वास्थ्य अवस्था सुधारोन्मुख छ।
केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारी नेतृत्वको टोलीले राज्यमन्त्री रावतको शल्यक्रिया गरेको थियो।
