मंगलबार, भदौ ९, २०८३

६ वटा निजी प्रयोगशालाले पाए कोरोना परीक्षणको अनुमति

सरकारले ६ वटा निजी प्रयोगशालालाई कोरोना भाइरसको पीसीआर परीक्षणका लागि अनुमति दिएको छ।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

सरकारले ६ वटा निजी प्रयोगशालालाई कोरोना भाइरसको पीसीआर परीक्षणका लागि अनुमति दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीतिअनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका काठमाडौं उपत्यकाकाका ४ सहित ६ वटा निजी प्रयोगशालालाई अनुमति दिएको प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिए ।

गुप्ताका अनुसार उपत्यकामा ललितपुर सानेपाको स्टार अस्पतालको प्रयोगशाला, सिनामंगलको काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशाला, नयाँ बानेश्वरमा रहेको सेन्ट्रल डाईग्नोस्टिक ल्याव (सीडीएल) र लाजिम्पाटमा रहेको सूर्या हेल्थ केयर छन् ।

त्यसैगरी बुटवलमा रहेको नेशनल प्याथ ल्याव र नेपालगञ्जमा रहेको बागेश्वरी प्रयोगशालाले पनि पीसीआर परीक्षण गर्न अनुमति पाएका छन् ।

कोरोना परीक्षण गर्न अहिले देशभर २५ वटा प्रयोगशाला सञ्चालनमा छन् । सरकारी तवरबाटै अझै थप केही प्रयोगशाला आउने क्रममा छन् ।

अनुमति दिइएका यी प्रयोगशालामा सरकारले संकलन गरेका नमुनाको परीक्षण गरिनेछ। त्यसबापत सरकारले प्रयोगशालालाई प्रतिनमुना ५ हजार ५०० रुपैयाँ उपलब्ध गराउनेछ ।

प्रकाशित: Jul 13, 2020| 13:00 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।