बिहीबार, वैशाख ३१, २०८३

नयाँ प्रतिभालाई बाहिर ल्याउन पोखरामा ‘अकोस्टिक सेसन’ हुने

पोखरा– पोखरामा चङ्गा प्रोडक्शन्स प्रालिले आगामी साउन १ गतेदेखि पहिलो संस्करणको ‘अकोस्टिक सेसन’ गर्ने भएको छ ।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

पोखरा– पोखरामा चङ्गा प्रोडक्शन्स प्रालिले आगामी साउन १ गतेदेखि पहिलो संस्करणको ‘अकोस्टिक सेसन’ गर्ने भएको छ ।

National life

प्यूरो पानीको मुख्य प्रायोजनमा पोखरेली गायकगायिकाको साथमा भदौ ११ गतेसम्म पहिलो संस्करणको सेसन युट्युब मार्फत प्रिमियर गर्न लागेको हो ।

अकोस्टिक सेसनका निर्देशक दिपेन गुरुङले प्रोडक्शन्सको अफिसियल युट्युब च्यानलमार्फत साउन १ गते बेलुकी ७ बजे प्रयत्न श्रेष्ठको कभर गीत प्रिमियर गर्ने जानकारी दिए ।

उनका अनुसार उक्त सेसनमा निश्चल गुरुङ, कुशल गुरुङ, कमल केसी, प्रज्वल जोजिजु, लक्ष्मी थापा मगर, मुस्कान एण्ड लक्ष्य, शैलु राई, प्रश्न व्याण्ड, डे एल्भिन, सेलीना श्रेष्ठ, रोशन एण्ड रितेश प्रत्येकले हरेक हप्ताको सोमबार र बिहिबार कभर तथा ओरिजिनल गित गाउनेछन् ।

उनका अनुसार पहिलो संस्करणको ‘अकोस्टिक सेसन’ मा १२ वटा शृंखला रहनेछन्।

प्रकाशित: Jul 13, 2020| 12:48 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्