मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाढीपीडितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न पौडेलको माग

बाढीपीडितलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न पौडेलको माग

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशभका विभिन्न भागमा आएको बाढीपहिरोबाट पीडितलाई तत्काल उद्धार, राहत साथै विस्थापितलाई बासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशभका विभिन्न भागमा आएको बाढीपहिरोबाट पीडितलाई तत्काल उद्धार, राहत साथै विस्थापितलाई बासको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।

उनले सोमबार विज्ञप्ति प्रकाशित गरी यस्तो आग्रह गरेका हुन्। उनले प्राकृतिक प्रकोपमा आपत्कालीन संयन्त्रको प्रयोगमा ढिलाइ नगर्न आग्रह गरेका छन्।

नेता पौडेलले तनहुँका विभिन्न ठाउँमा पहिराका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धारमा खटिन कार्यकर्तालाई आग्रह गरेका छन्।

प्रकाशित: Jul 13, 2020| 13:35 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।