शुक्रबार, फागुन २९, २०८२

कोरोनाबाट विश्वमा पाँच लाख ७१ हजारभन्दा बढीको मृत्यु

कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७१ हजार ६८९ पुगेको छ।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

जेनेभा- कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७१ हजार ६८९ पुगेको छ।

National life

साथै यस संक्रमणबाट विश्वभर १ करोड ३० लाख ४२ हजार ३४० जना संक्रमित भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले जनाएकाे छ।

कोरोना भाइरसका कारण बिरामी भएका ७५ लाख ८८ हजार ५१० जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ४८ लाख ८२ हजार १४१ व्यक्ति उपचाररत छन्। संक्रमितमा ५८ हजार ६५२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ।

डब्ल्यूएचओका अनुसार संयुक्त राज्य अमेरिकामा ३४ लाख १३ हजार ९९५ जनामा कोरोना भाइरसका संक्रमित छन्। अमेरिकामा १ लाख ३७ हजार ७८२ व्यक्तिको मृत्यु भइसकेको छ।

Laxmi sunrise bank
kumari

दक्षिण अमेरिकामा २८ लाख ९४ हजार ६११ जना कोरोना भाइरस संक्रमित छन्। त्यहाँ १ लाख ५ हजार २०९ जनाको मृत्यु भएको छ। उत्तर अमेरिकामा ४० लाख ७१४ जना कोरोना भाइरस संक्रमित छन्। यहाँ १ लाख ८६ हजार ९० जनाको मृत्यु भएको छ।

युरोपमा २५ लाख ७१ हजार ६९८ जना कोरोना भाइरस संक्रमित छन् भने १ लाख ९६ हजार ५८१ को मृत्यु भएको छ। एसिया २९ लाख ६४ हजार ६९३ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने ७० हजार ३७८ जनाको मृत्यु भएको छ।

अफ्रिकामा ५ लाख ९८ हजार २५९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३ हजार २८६ जनाको मृत्यु भएको छ।
ओसियानामा ११ हजार ६४४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १३० जनाको मृत्यु भएको छ।

प्रकाशित: Jul 13, 2020| 13:05 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।