मंगलबार, साउन १२, २०८३

काेराेनाबाट भारतमा एकै दिन ५०० काे मृत्यु

भारतमा बितेको २४ घण्टामा कोरोना भाइरसबाट २८ हजार ७०१ जना संक्रमित थपिएका छन्।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

नयाँदिल्ली– भारतमा बितेको २४ घण्टामा कोरोना भाइरसबाट २८ हजार ७०१ जना संक्रमित थपिएका छन्।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म एकै दिन संक्रमित हुने यो सबैभन्दा बढी हो।

योसहित भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या आठ लाख ७८ हजार पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस संक्रमणबाट ५०० जनाको मृत्यु भएको छ। भारतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको कुल संख्या २७ हजार १७४ पुगेको छ।

कोरोना भाइरसबाट अति प्रभावित मुलुकको सूचीमा अमेरिका र ब्राजिलपछि भारत तेस्राे स्थानमा छ।

प्रकाशित: Jul 13, 2020| 13:21 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।