मंगलबार, भदौ ९, २०८३

टायर र बोतलबाट वातानुकूलित घर

यो घर बनाउन उनीहरूलाई सात वर्ष लागेको छ। यो अनौठो घरमा न जाडोमा ज्यादा जाडो हुन्छ न त गर्मीमा अत्यन्त गर्मी।
 |  सोमबार, असार २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार २९, २०७७

हामीमध्ये धेरैले प्रायः कवाडीका सामान फोहोरमा फ्याँकिदिन्छाै‌ं वा छिटोभन्दा छिटो यसको व्यवस्थापन गरिदिन्छौं। तर स्पेनका एक दम्पती लारा डेभिस र डेब बुनानले कबाडीका सामान प्रयोग गरी सपनाको सुन्दर घर बनाएका छन्।

उनीहरूले यसको नाम राखेका छन् अर्थसिप। डेबले आफ्नो ५८ औं जन्मोत्सव यही घरमा मनाएका छन्। यो घर बनाउन उनीहरूले पुराना टायर, पेय पदार्थका क्यान र बोतल प्रयोग गरेका छन्। सुन्दर घर देख्ने जोकोहीलाई पनि त्यहाँ बस्ने इच्छा हुन्छ।

लारा दम्पती सन् २००२ मा बेलायतबाट स्पेनमा बसाइँ सरेका थिए। स्पेनको अलमेरिया प्रान्तस्थित एक सानो सहरमा उनीहरूले पुरानो घर किने। उनीहरूलाई त्यो घर नयाँ तरिकाले बनाउन मन लाग्यो।

उनीहरूले अर्थसिप किताब पढे। त्यसपछि उनीरूले कबाडीको घर बनाउने अठोट गरे। स्थानीय इन्जिनियरसँग कुराकानी गरे। सरकारसँग इजाजत लिए। यी सबै कामका लागि उनीहरूलाई एक वर्ष लाग्यो।

केही स्थानीय व्यक्तिहरूको सहयोगमा उनीहरूले पुराना टायर, पेय पदार्थका क्यान र बोतल संकलन गर्न थाले। यो सबै काम गर्न उनीहरूलाई दुई वर्ष लाग्यो। त्यसपछि उनीहरूले घर तयार गरे। यो घर बनाउन उनीहरूलाई सात वर्ष लागेको छ। यो अनौठो घरमा न जाडोमा ज्यादा जाडो हुन्छ न त गर्मीमा अत्यन्त गर्मी।

तापक्रम १६ डिग्रीसम्म झर्दा सम्म हिटर चाहिँदैन। घरको ढोका कारको टायरले बनेको छ। टायरमा तापक्रम अनुकूल बनाउन सक्ने क्षमता हुन्छ। यसले १६ डिग्री तापक्रमसम्म कायम राख्छ र चिसो हुन दिँदैन।

घरको भित्री भाग क्यान र बोतलले बनेका छन्। सिमेन्टको सट्टा माटो र कागजको प्रयोग गरिएको छ। छानामा परेको पानी जम्मा हुन्छ। त्यो शौचालय, बगैंचा र घरका अन्य काममा प्रयोग गरिन्छ। तातोपानी र बिजुलीका लागि सोलारको व्यवस्था गरिएको छ।

प्रकाशित: Jul 13, 2020| 12:00 सोमबार, असार २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।