नेपालले पारमाणविक हातहतियारका निम्ति विनियोजित स्रोतलाई समग्र शान्ति र मानवताको बृहत्तर हितका खातिर अघि सारिएका दिगो विकास योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।
भक्तपुरको मध्यपुरथिमि १ लोकन्थलीमा कोरोना सङ्क्रमणका कारण एक पुरुषको शनिबार बिहान मृत्यु भएको छ। घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको परिवारले जनाएको छ।
सातामा दुई दिन सार्वजनिक बिदा दिएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने पर्यटनमन्त्रीको योजना छ। क्रयशक्ति र पूर्वाधार विकास कम भएको मुलुकमा के ले घुम्ने? कहाँ घुम्ने?