शनिबार, भदौ १३, २०८३

बाढी प्रभावितका लागि जुट्यो डेढ करोडभन्दा बढी राहत

ढोरपाटनका बाढी प्रभावितको राहतका लागि खडा गरिएको कोषमा हालसम्म एक करोड ६५ लाख सहयोग जुटेको छ। 
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

बागलुङ- ढोरपाटनका बाढी प्रभावितको राहतका लागि खडा गरिएको कोषमा हालसम्म एक करोड ६५ लाख सहयोग जुटेको छ। 

राहत वितरणमा एकद्वार प्रणाली कायम गर्न ढोरपाटन नगरपालिकाले कोष स्थापना गरेको थियो। 

कोषको रकम बाढीले उठिबास भएका परिवारको घर पुनःनिर्माणमा खर्च गर्ने नगरपालिकाको योजना छ। 

सहयोग आउने क्रम जारी नै रहेको नगरप्रमुख देवकुमार नेपालीले बताए। 

‘राहत कोषमा जम्मा भएको रकमले दाताकै नाममा घर बनाइदिन्छौँ,’ उनले भने, ‘संघ र प्रदेश सरकारबाट पनि सहयोगको प्रतिबद्धता आएको छ, अपुग भएमा नगरपालिकाले बजेट थप्छ।’ 

उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी गलकोट समाज जापानमार्फत २७ लाख ८० हजार सहयोग प्राप्त भएको छ। 

यस्तै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले पनि १९ लाखभन्दा बढी राहत रकम प्रदान गरेको थियो। 

बिहीबार मात्र प्रभु बैंकले पाँच लाख सहयोग गरेको नगरपालिकाले जनाएको छ। बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नगरप्रमुख नेपालीलाई पाँच लाखको चेक हस्तान्तरण गरेका थिए। 

बाढी प्रभावित परिवारको पुनःस्थापनाका लागि देश–विदेशमा राहत अभियान चलाइएको छ। कतिपय व्यक्ति, संस्थाले नगरपालिकाको कोषमा जम्मा नगरी बाढीग्रस्त ठाउँमै पुगेर राहत बाँडिरहेका छन्। 

गत भदौ १७ गते भूजीखोलामा आएको बाढीमा परी २२ जनाको ज्यान गएको थियो भने १५ अझै बेपत्ता छन्। 

ढोरपाटन नगरपालिका ९, ८ र ७ का सयौँ परिवार घरबासविहीन बनेका छन्। सडक, पुल, खानेपानी, सिँचाइ, लघुजलविद्युत्, विद्यालय, सामुदायिक स्वास्थ्य एकाइलगायत कैयौँ भौतिक संरचना क्षतिग्रस्त बनेका छन्। 
रासस
 

प्रकाशित: Oct 03, 2020| 06:34 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।