शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भालुवाङ राजधानी बनाउने प्रस्तावमा मतदान गर्ने नेकपा प्रदेश ५ को निर्णय

भालुवाङ राजधानी बनाउने प्रस्तावमा मतदान गर्ने नेकपा प्रदेश ५ को निर्णय

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको बैठकले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ गराउने प्रस्तावमा सहमति जनाएको छ।
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

बुटवल- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश- ५ प्रदेश संसदीय दलको बैठकले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ गराउने प्रस्तावमा सहमति जनाएको छ।

शनिबार बिहान बसेको बैठकले प्रदेश सभामा दर्ता भएको भालुवाङ राजधानी गराउने प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेकोे नेकपा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए।

प्रदेश मन्त्री परिषद्को निर्णयलगत्तै शुक्रबार उक्त प्रस्ताव प्रदेश सभामा दर्ता भएको थियो।

बैठकमा कतिपय सभासदले असहमतिका धारणा पनि राखेका थिए। तर अन्तिममा मतदानका बेला प्रदेश सभामा पार्टीका सबै सांसद एक हुने र प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय भएको छ। आवश्यक परे पार्टीले सांसदहरुलाई ह्वीप लगाउन सक्ने ढकालले बताए।

बैठक संसदीय दलका नेता एवं मुख्यमन्त्री शंकर पोखरेलको निवास डिभिजन सडक कार्यालय परिसरमा बसेको थियो।

बैठकमा मुख्यमन्त्री पोखरेलले प्रस्तावका पक्षमा एकमत हुन र मतदान गर्न सभासदहरुलाई निर्देशन दिनुभएको थियो। प्रदेश ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ६१, विपक्षी नेपाली कांग्रेसका १९, मधेस केन्द्रित दलका ६,राष्ट्रिय जनमोर्चाका १ सहित ८७ जना सभासद छन्।
 

प्रकाशित: Oct 03, 2020| 09:40 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।