आइतबार, असार २८, २०८३

बागलुङमा खुल्यो भलिबल प्रशिक्षण केन्द्र

व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित गलकोट नगरपालिका ६ मा भलिबल प्रशिक्षण केन्द्र खुलेको छ। 
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

बागलुङ– व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित गलकोट नगरपालिका ६ मा भलिबल प्रशिक्षण केन्द्र खुलेको छ। 

शुक्रबारदेखि प्रशिक्षण सुरु गरिएको केन्द्रका अध्यक्ष याम श्रीसले जानकारी दिए। प्रशिक्षणमा ५५ युवा र १३ युवती सहभागी छन्। 

बिहान र बेलुका गरी दैनिक दुई चरणमा प्रशिक्षण चलाइने अध्यक्ष श्रीसको भनाइ छ।

‘सुरुमा भर्नासहित  दुई हजार शुल्क तोकेको छौँ, त्यसपछि मासिक १५ सय तिरे पुग्छ,’ उनले भने।  

भलिबलका ‘लेभल’ एक प्रशिक्षक उदयबम मल्लले प्रशिक्षण दिनेछन्। ‘स्वच्छ खेल, समृद्ध भलिबल हाम्रो नारा, स्वच्छ नगर निर्माणमा हाम्रो अभिभारा’ भन्ने भनाइसहित  प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष श्रीसले बताए। 

मासिक पाँच हजार भाडामा जग्गा लिई प्रशिक्षणका लागि मैदानलगायतका संरचना तयार गरिएको छ। 

खेलकूद सामग्री खरिदका लागि गलकोट नगरपालिकाले बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। 

गलकोटको भू–बनोटले गर्दा चाहेर पनि फुटबल, क्रिकेटजस्ता खेल प्रवद्र्धन गर्न कठिनाइ छ। भलिबल भने गाउँका कुनाकाप्चासम्मै लोकप्रिय छ। 
रासस

प्रकाशित: Oct 03, 2020| 03:14 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।