शनिबार, भदौ १३, २०८३

सुदूरपश्चिम प्रदेशमा आन्तरिक उडान सुरु हुँदै

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट यहाँक पहाडी जिल्लामा आन्तरिक उडान सुरु हुने भएको छ।  
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

धनगढी– सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीबाट यहाँक पहाडी जिल्लामा आन्तरिक उडान सुरु हुने भएको छ।  

आज (शनिबार) संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले परीक्षण उडानको उद्घाटन गर्ने भएका हुन्।  

समिट एयरले आज धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गर्ने भएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले बताएका छन। 

तीन जिल्लामा परीक्षण उडान हुने उनले बताए।  सुरुमा धनगढी–बैतडी परीक्षण उडानको उद्घाटन गरिने र त्यसपछि डोटी र बझाङ पुगेर मन्त्री भट्टराईले नै परीक्षण उडानको उद्घाटन गर्ने कार्यक्रम रहेको बुढथापाले बताए।  

परीक्षण उडान सफल भए विमान कम्पनीलाई धनगढीलाई बेस बनाएर पहाडी जिल्लामा उडान सुरु गर्न आह्वान गरिने धनगढी विमानस्थल कार्यालयले जनाएको छ। 

प्रकाशित: Oct 03, 2020| 03:50 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।