आइतबार, असार २८, २०८३

आईपीएलमा शीर्ष स्थानको लागि प्रतिस्पर्धा हुँदै

इन्डियन प्रिमियर लिग(आईपीएल)को १५ औं खेल आज (शनिबार) यूएईको अबुधाबीमा हुँदैछ।
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

काठमाडौं – इन्डियन प्रिमियर लिग(आईपीएल)को १५ औं खेल आज (शनिबार) यूएईको अबुधाबीमा हुँदैछ। आजको खेलमा शीर्ष स्थानमा लागि कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरले प्रतिस्पर्धा गर्नेछन्।

जारी आईपीएलमा दुवै टिमले समान २–२ खेल जितेका छन् भने १–१ खेलमा हार बेहोरेका छन्। राजस्थानले पछिल्लो खेलमा कलकत्तासँग हार बेहोरेको थियो भने बैंगलोरलाई पञ्जाबले हराएको थियो।

यस्तोमा आज जुन टिमले जिते पनि उसको जारी सिजनमा तेस्रो जित हुनेछ। अंकतालिकामा राजस्थान पाँचौ र बैंगलोर छैटौं स्थानमा छन्।

आईपीएल इतिहास हेर्ने हो भने दुइै टिमबीच १८ खेल भएका छन्। जसमा ८ खेल बैंगलोरले जितेको छ भने १० खेलमा राजस्थान हाबी भएको छ।

आज अबुधाबीको आकाश सफा रहने छ भने तापक्रम २० देखि ३७ डिग्रीसम्म रहनेछ। त्यस्तै पिचले बलरलाई रहयोग गर्नेछ भने स्लो विकेट भएका कारण स्पिनर्सलाई मद्दत मिल्नेछ। खेल आज पाने ४ बजे सुरु हुँदैछ।

सम्भावित प्लेइङ ११ :

बैंगलोर : विराट कोहली (कप्तान), जोस फिलिप, देवदत्त पोडिक्कल, एबी डिविलियर्स, एरोन फिन्च, शिवम् दुबे, वासिंटन सुन्दर, नवदीप सैनी, इसुरु उडाना, यसवेन्द्र चहल, एडम जम्पा

राजस्थान रोयल्स : स्टिव स्मिथ (कप्तान), सन्जू समसन, जोस बटलर, रोबिन उथप्पा, रियान पराग, श्रेयस गोपाल, टम करण, जादेव उनादकट, जोफ्रा आर्चर राहुल तेवतिया, अंकित राजपुत
 

प्रकाशित: Oct 03, 2020| 09:50 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।