बिहीबार, वैशाख २४, २०८३

त्रिशुलीमा ट्रक खस्यो, तीन घाइते 

त्रिशुली  नदीमा ट्रक खस्दा तीन  जना  घाइते  भएका  छन्। 
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

मुग्लिन– त्रिशुली  नदीमा ट्रक खस्दा तीन  जना  घाइते  भएका  छन्। 

National life

पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै  भैरहवाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे  ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो। 

ट्रकको आधा भाग  डुबेको अवस्थामा छ।

दुर्घटनामा परी घाइेत हुनेमा  ट्रक चालक गल्छी ७ धादिङका  २८ वर्षीय रोहित तामाङ, ट्रकमा सवार सोही ठाउँ बस्ने १९ वर्षीय रामकुमार लालचन र अर्का सोही ठाउँका २३ वर्षीय  राजन भन्ने अर्जुन रुम्बा रहेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। 

इलाका प्रहरी कार्यालय  मुग्लिन र सशस्त्र प्रहरी बल  विपद् व्यवस्थापन शिक्षालय कुरिनटारको टोलीले घाइतेहरुको उद्धार गरी उपचारको लागि धादिङको गजुरी अस्पताल पठाएको  छ।  

प्रकाशित: Oct 03, 2020| 04:48 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।