बुधबार, चैत ४, २०८२

तयार भयो रियलको आकर्षक खेल मैदान

यसको मुख्य रहस्य भने छानामा नभएर मैदानमा हुने छ जुन आश्चर्यको हुने अपेक्षा गरिएको छ।
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

काठमाडौं– स्पेनिस क्लब रियल मड्रिडले घरेलु मैदान ‘सान्टियागो बर्नाबेउ’ फुटबल खेल्न र हेर्नका लागि तयार भएको बताएको छ। निर्माणका कामहरु भइरहे पनि खेल गराउन र समर्थकलाई स्वागत गर्न रंगशाला तयार भएको छ।

National life

गत मार्च १ मा बार्सिलोनाविरुद्ध ‘एल क्लासिको’ भएपछि मुख्य रंगशाला बर्नाबेउमा कुनै खेल भएका छैनन्। उक्त खेलमा रियलले २–० गोलको जित निकालेको थियो।

खेलपछि फुटबल मैदान ट्रकमा हालेर निकालिएको थियो र समरमा निर्माणका सामग्री राखिएको थियो। तर अहिले मैदान पुरानै ठाउँमा राखिसकिएको छ र पृष्ठभूमिमा निर्माण भइरहे पनि फुटबल खेलाउन योग्य भएको छ।

रियलको मैदान २०२२ सम्ममा बनाइसकिने भनिएको थियो र योजना पनि सोही अनुसार अघि बढाइएको छ। साथसाथै अब फुटबल खेलाउने र निर्माणको काम सँगै अघि बढ्नेछ।

काम तिब्र गतिमा अघि बढाउनका लागि रियलको घरेलु मैदान सहरको मध्यभागबाट हटाएर बन्द रंगशालामा खेल गराइएको छ। अहिले पनि रियलले पाँच हजार दर्शक क्षमताको युवा खेलाडीको मैदानमा खेल गराइरहेको छ।

Laxmi sunrise bank
kumari

युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले उपलब्ध सिटको ३० प्रतिशत समर्थक मैदानमा खेल हेर्न पाउने गरी स्वीकृति दिएको छ। यो अवसर क्लबले समर्थकलाई बोलाउन चाहेमा साथै केन्द्र र स्थानीय सरकारले मान्यता दिएमा मात्र सम्भव हुनेछ।

रियलका निर्देशक स्पेनमा छिटै यस्तो अवस्था नआउने बताउँछन्। तर, ३० प्रतिशत मात्र समर्थक फर्काउन सके रियलले ठूलो आर्थिक फाइदा लिन सक्नेछ।

लस ब्लांकोसका लागि अहिले अन्तिम विकल्पका रुपमा उसको युवा मैदान अल्फ्रेदो डि स्टेफानो छ। यो सँगै रहेको भाल्डेवेसमा उसले अभ्यास गर्ने गरेको छ।

तर, अवस्था परिवर्तन भएमा रियलले निर्माणाधिन मैदान च्याम्पियन्स लिगको खेलमा प्रयोग गर्न सक्नेछ।

मड्रिडले बर्नाबेउलाई ‘आर्किटेक्चरल मास्टरपिस र भव्य’ बनाउने बताएको छ। यसको छानो विस्थापन गर्न योग्य बस्तुद्वारा घेरिने छ जुन आम दर्शकले पनि देख्न सक्नेछन्।

यसको मुख्य रहस्य भने छानामा नभएर मैदानमा हुने छ जुन आश्चर्यको हुने अपेक्षा गरिएको छ।

मैदानको लागि एक प्रोजेक्ट केही समयअघि नै पारित भइसहेको थियो। जसमा परिवर्तन गर्न मिल्ने फुटबल पिचको आर्किटेक्ट छ।

यसले मैदानलाई बहुगुणी बनाउन मद्दत गर्ने छ। मैदान खेलबाहेकको काममा पनि प्रयोजन गर्न सकिने छ। प्रायशः कन्सर्टमा प्रयोग गर्ने योजना क्लबको छ।

लामो समयको महत्वाकांक्षी योजनालाई सफल बनाउन केही मिनेटमै परिवर्तन गर्न सकिने पिच आवश्यक पर्छ। र यही काम अहिले बर्नाबेउमा भइरहेको छ।

प्रकाशित: Oct 03, 2020| 05:24 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।