शनिबार, भदौ १३, २०८३

कोशी अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

झापाको दमककी कोरोना संक्रमित ६८ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको छ ।
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

विराटनगर– झापाको दमककी कोरोना संक्रमित ६८ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको छ ।
 
दमक–७ घर भएकी महिलाको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा ज्यान गएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले बताए। 

उनका अनुसार उपचारका क्रममा ज्यान गुमाएकी महिलालाई बिहान २ बजेतिर चिकित्सकले मृत घोषित गरेका हुन् ।
 
कोरोना पुष्टि भएसँगै स्वास्थ्य अवस्था खराब बनेकी उनलाई असोज ११ गते आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो।

गम्भीर अवस्थामा आइसोलेसनमा भर्ना गरेर उपचार थालिए पनि महिलाको उपचार सफल हुन नसकेको केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले बताए।
 
उनका अनुसार महिलालाई पछिल्लो समय श्वासप्रश्वासको समस्या बढेको थियो भने शरीरमा अक्सिजनको मात्रा कम थियो। मृतकमा दम र खोकीको पुरानो समस्या रहेको सिग्देलले बताए। 

 

प्रकाशित: Oct 03, 2020| 04:03 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।