सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • उत्तर कोरियाली नेता किमले गरे ट्रम्पको स्वास्थ्य लाभको कामना

उत्तर कोरियाली नेता किमले गरे ट्रम्पको स्वास्थ्य लाभको कामना

उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई स्वास्थ्य लाभको कामना गरेका छन्।
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

एजेन्सी- उत्तर कोरियाली नेता किम जोङ उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई स्वास्थ्य लाभको कामना गरेका छन्।

National life

किमले शनिबार एक सन्देश पठाएर ट्रम्प दम्पतिको स्वास्थ्य लाभको कामना गरेको उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएका छन्।
केसीएनएले नेता किमले ट्रम्प दम्पती छिटै स्वस्थ हुने विश्वास व्यक्त गरेको उल्लेख गरेको छ।

पछिल्लो समय उत्तर कोरियासँग अमेरिकाको सम्बन्ध राम्रो छैन। यसअघि दुई चरणमा वार्ता गरेका ट्रम्प र किमले पछिल्लो समय वार्ता स्थगित गरेका छन् भने उत्तर कोरियामाथि अमेरिकाले लगाएका प्रतिबन्ध कायम छन्।

ट्रम्प दम्पतीलाई जिजो कोरोना पुष्टि भएको थियो। उनको अहिले एक सैन्य अस्पतालमा उपचार भइरहेको छ। उनमा कोरोनाको सामान्य लक्षण देखिएको र रेमडेसिविर औषधिको प्रयोग गरिएको ह्वाईट हाउसले विज्ञप्तिमार्फत् जानकारी दिएको छ।

ट्रम्पलाई कोरोना देखिनुअघि उनकी एक शीर्ष सल्लाहकार होप हिक्सलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

ट्रम्पलाई कोरोना संक्रमण भएपछि उनको चुनावी अभियान स्थगित भएको छ। अमेरिकामा आगामी नोभेम्बर ३ मा राष्ट्रपतीय चुनाव हुँदैछ। चुनावमा ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवार बनेका छन्।

प्रकाशित: Oct 03, 2020| 09:10 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।