शनिबार, भदौ १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दीर्घरोग नभएकी कोरोना संक्रमित युवतीको धरानमा मृत्यु

दीर्घरोग नभएकी कोरोना संक्रमित युवतीको धरानमा मृत्यु

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ। 
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

धरान–धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित युवतीको मृत्यु भएको छ। 

सुनसरीको इनरुवा नगरपालिका ४ की २८ वर्षीया युवतीको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको हो। 

प्रतिष्ठानका सहप्रवक्ता डा आशीस श्रेष्ठका अनुसार उनलाई असोज ८ गते सङ्क्रमण पुष्टि भएको थियो। 

सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। उनलाई कुनै दीर्घ रोग नभएको प्रतिष्ठानले जनाएको छ। 

योसँगै प्रतिष्ठानमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ। 

प्रकाशित: Oct 03, 2020| 06:16 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।