शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ट्रम्पको चुनावी अभियानका प्रमुखलाई पनि कोरोना, ट्रम्प अस्पताल भर्ना

ट्रम्पको चुनावी अभियानका प्रमुखलाई पनि कोरोना, ट्रम्प अस्पताल भर्ना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पत्तिलाई कोराना पुष्टि भएको दोस्रो दिन उनका चुनावी अभियानका प्रमुख बिल स्टेपियनलाई पनि कोरोना पुष्टि भएको छ।  
 |  शनिबार, असोज १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, असोज १७, २०७७

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पत्तिलाई कोराना पुष्टि भएको दोस्रो दिन उनका चुनावी अभियानका प्रमुख बिल स्टेपियनलाई पनि कोरोना पुष्टि भएको छ।  

उनलाई कोरोना संक्रमण पुष्टि भएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन।  ह्वाइट हाउसकी पूर्व काउन्सिलर केलियन कनवेले पनि आफू कोरोना भाइरसबाट संक्रमित भएको खुलाएकी छिन।  उनी पछिल्लोपटक राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा सर्वोच्च अदालतको न्यायाधीशमा एमी कोनी ब्यारेटको नाम प्रस्ताव गर्नका लागि आयोजना गरेको कार्यक्रममा सहभागी भएकी थिइन् ।

राष्ट्रपति ट्रम्प कोरोना भाइरस पुष्टि भएपछि वाल्टर रीड मेडिकल हस्पिटलमा भर्ना भएका छन। ट्रम्पको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ। ट्रम्प आफैले ट्वीट गर्दै आफू ठिक रहेको र आफूलाई हौसला दिनेलाई धेरै माया भनेका छन। 

प्रकाशित: Oct 03, 2020| 05:00 शनिबार, असोज १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।