जिल्ला प्रहरी कार्यालय चितवनले एपोलो पेन्ट्स प्रालिको कार्यालय भवनको कोठाभित्र रहेको लकर फुटाएर नगद ९७ लाख रुपैयाँ चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ।
बालुवाटारमा आइतबार बिहान करिब १ घण्टा भएको भेटवार्तामा पार्टीभित्रको विवाद समाधानका विषयमा छलफल भएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सरकार सञ्चालनका दुई वर्षको अवस्था हेर्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पूर्णरुपले असफल भएको निष्कर्ष निकालेका छन्।
काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ।
कोरोना संक्रमणबाट विश्वभरमै दोस्रो बढी प्रभावित देश हो भारत। भारतमा पनि सबैभन्दा बढी प्रभावित राज्यका रुपमा महाराष्ट्र देखिएको छ। तर महाराष्ट्रमा करिब आठ महिनापछि मन्दिर खुल्ने भएका छन्।