धनगढी– नागरिक समाज डडेल्धुराका संयोजकसहित दुई जनाको मोटरसाइकलमा शनिबार राति आगजनी भएको छ।
डडेल्धुराको अमरगढी नगरपालिका ५ का रमेशप्रसाद जोशी र सुरेश मल्लको मोटरसाइकलमा गएराति साढे १ बजेतिर नचिनेका ब्यक्तिहरुको समूहले आगजनी गरेको प्रहरीले जनाएको छ। जोशी नागरिक समाज डडेल्धुराका संयोजक हुन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्र चन्दका अनुसार जोशीको से १ प ५३९४ र मल्लको से ४ प १४३ नम्बरको मोटरसाइकलमा आगजनी भएको हो।
मोटरसाइकलमा कसले किन आगजनी गर्यो खुलेको छैन प्रहरी निरीक्षक चन्दले भने–‘घटनाको अनुसन्धान भइरहेको छ।’