मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लक्ष्मी पूजा गर्दा ५ जिल्लामा आगलागी, कहाँ कति क्षति? 

लक्ष्मी पूजा गर्दा ५ जिल्लामा आगलागी, कहाँ कति क्षति? 

लक्ष्मी पूजा गर्ने क्रममा भक्तपुर, धादिङ, सर्लाही, सप्तरी र झापामा आगलागी हुँदा २० लाखभन्दा धेरैको क्षती भएको छ। 
 |  आइतबार, कात्तिक ३०, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ३०, २०७७

काठमाडौं- धनधान्यकी देवी लक्ष्मी भित्र्याउन भन्दै दियो र झिलीमिली बत्ति बाल्ने क्रममा देशका विभिन्न ठाउँमा आगलागी भएको छ।

लक्ष्मी पूजा गर्ने क्रममा भक्तपुर, धादिङ, सर्लाही, सप्तरी र झापामा आगलागी हुँदा २० लाखभन्दा धेरैको क्षति भएको छ।

भक्तपुरको मध्यपर थिमी  नगरपालिका ४ मा कञ्चन सहनीको मोटर वर्कशपमा लक्ष्मी पूजा गर्दा बालिएको दियोबाट आगो सल्किँदा आगलागी भएको छ । आगलागीबाट दुई लाख रुपैयाँभन्दा धेरैको क्षति भएको प्रहरीले जनाएको छ । 

यस्तै धादिङको धुनीबेसी नगरपालिका पनि लक्ष्मी पुजा गर्ने क्रममा आगलागी भएको छ । धुनीबेसीको जीवनपुरमा उद्धव घिमिरेले सञ्चालन गरेको फेन्सी पसलमा दियोबाट आगो सल्किँदा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। 

यसैगरी सर्लाहीको मलङ्गवा नगरपालिका पनि  लक्ष्मी पूजा गर्ने क्रममा बालेको दियोबाट आगो सल्किँदा सिलाई पसल जलेर नष्ट भएको छ । 

कैलाश शाहको सिलाई पसलमा भएको आगलागीबाट करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

सप्तरीको विष्णुपुर गाउँपालिका ६ मा मिठाई र साइकल पसलमा आगो लाग्दा साढे नौ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

शनिबार राति पौने १२ बजे लक्ष्मी पूजा गर्ने क्रममा बिजुली बत्ती शर्ट हुँदा आगो लागेको प्रहरीले जनाएको छ ।

त्यस्तै झापाको बिर्तामोडमा लक्ष्मी पूजा गर्न बालिएको दियोबाट आगो सल्किँदा आगलागी भएको छ । वर्कशपमा आगो लाग्दा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित: Nov 15, 2020| 03:10 आइतबार, कात्तिक ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।