मंगलबार, भदौ १६, २०८३

पटका पड्काउँदा दुई घरमा आगलागी, नौ लाख बराबरको क्षति

पाँचथरको हिलिहाङ गाउँपालिका ३ पञ्चमीस्थित तुम्बुङमा गए राति एक घरमा आगलागी भएको
 |  आइतबार, कात्तिक ३०, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ३०, २०७७

पाँचथर– पाँचथरको हिलिहाङ गाउँपालिका ३ पञ्चमीस्थित तुम्बुङमा गए राति एक घरमा आगलागी भएको छ। 

स्थानीय शर्ण योङहाङको घर आगलागीबाट पूर्णरूपमा क्षति भएको छ। आगलागीबाट पाँच लाख ८६ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए। 

तिहारमा पड्काइएको पटकाबाट आगलागी सुरु भएको थियो। स्थानीय प्रहरी चौकी गोपेटारबाट गएको टोलीले चार घण्टापछि आगो निभायएको प्रहरी निरीक्षक विश्वकर्माले बताए। 

यस्तै आज बिहान विद्युत सर्ट भएर आगो लाग्दा पाँचथरको मिक्लाजुङ गाउँपालिका ६ मेवाखोलामा धनराज लिम्बूको घरमा आगलागी भएको छ। आगलागीबाट  घर पूर्णरूपमा जलेर नष्ट भएको छ।

आगलागीबाट घरमा भएको अन्नपात, लत्ताकपडा, पाँच तोला चाँदी, १० हजार नगदसहित घर पूर्णरूपमा जलेर नष्ट हुँदा तीन लाख ५० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय रविबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सक्रियतामा दुई घण्टापछि आगो निभाइएको थियो। 

प्रकाशित: Nov 15, 2020| 05:49 आइतबार, कात्तिक ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।