काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट झापाकी २५ वर्षीया युवतीको धरानमा मृत्यु भएको छ।
धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत उनको शनिबार राति साढे १० बजे मृत्यु भएको हो।
उनको मृत्यु हुनुभन्दा दुई दिनअघि अर्थात कात्तिक २७ गते मात्रै कोरोना पुष्टि भएको अस्पतालका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए। मृतक महिला दिर्घ रोगको उपचारका लागि प्रतिष्ठानमा भर्ना भएकी थिइन् ।
योसँगै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना पुष्टि भइ मृत्यु हुनेको संख्या १ सय १ पुगेको छ।
त्यसैगरी, झापा कोरोना संक्रमण कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ।