मंगलबार, भदौ १६, २०८३

कोरोनाबाट भारतमा थप ८ नेपालीको मृत्यु

गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण आठजना नेपाली ज्यान गएको हो ।
 |  आइतबार, कात्तिक ३०, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ३०, २०७७

काठमाडौं- कोरोना भाइरसको कारणले विदेशमा थप आठजना नेपालीको मृत्यु भएको छ । 

गैरआवासीय नेपाली सङ्घका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरसका कारण आठजना नेपाली ज्यान गएको हो ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण निधन हुने नेपाली सङ्ख्या २९३ जना पुगेको छ । 

सङ्घका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४३९ जना  नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । तीमध्ये अनुमानित ४१ हजार ४३९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । विदेशमा कोरोनामुक्त हुने नेपालीको सङ्ख्या ९१ प्रतिशत रहेको छ ।

गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अरबमा रहेका नेपालीमा थप कोरोना सङ्क्रमण देखिएको छ ।

यो साता नेपालमा मात्र दुई लाख ६  हजार ३५३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीमध्ये एक लाख ६८ हजार १२९ जना  कोरोनामुक्त भएका छन् । 

नेपालमा कोरोना सङ्क्रमणबाट मुक्त हुनेहरुको सङ्ख्या ८१ दशमलव पाँच प्रतिशत रहेको छ । शनिबार साँझसम्म  नेपालमा एक हजार २०२ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को स्वास्थ्य समिति ले चाडपर्वका बेला हुने ससाना भेटघाटहरु कम गर्न  आग्रह गरेको छ ।

समितिका संयोजक डा सापकोटाले सोसियल डिस्ट्यान्स कायम राख्दै चाडपर्व मनाउन सबैलाई आग्रह गरे ।

प्रकाशित: Nov 15, 2020| 07:25 आइतबार, कात्तिक ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।