मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • लक्ष्मी पूजाको समयमा विद्युतको माग ११३२ मेगावाट, सामान्य अवस्थाभन्दा कम खपत  

लक्ष्मी पूजाको समयमा विद्युतको माग ११३२ मेगावाट, सामान्य अवस्थाभन्दा कम खपत  

तिहारको लक्ष्मी पूजाको समयमा शनिबार साँझ विद्युतको माग ११३२ मेगावाट पुगेको छ। 
 |  आइतबार, कात्तिक ३०, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ३०, २०७७

काठमाडौं– तिहारको लक्ष्मी पूजाको समयमा शनिबार साँझ विद्युतको माग ११३२ मेगावाट पुगेको छ। 

लक्ष्मी पूजा सुरु भएपछि साँझ ६.१५ बजे सबैभन्दा बढी विद्युत् खपत भएको हो। 

लक्ष्मी पूजाको दिनको यो माग गत वर्षभन्दा बढी हो। गत वर्षको लक्ष्मी पूजामा ११०५ मेगावाट माग भएको थियो।

११३२ मेगावटको माग सामान्य अवस्थामा हुनेभन्दा कम भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाका अनुसार लक्ष्मी पूजाको दिन उद्योग तथा कलकारखाना बन्द हुने भएकोले माग धेरै नभएको हो। 
सामान्य अवस्थामा उच्च माग १२०० मेगावाटसम्म हुन्छ। 

लक्ष्मी पूजाको समयमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा २९६ मेगावाट खपत भएको छ। गत वर्ष २८२ मेगावाट खपत भएको थियो।

विद्युतको माग व्यवस्थापन गर्न भारतबाट १५० मेगावाट विद्युत आयात गरिएको थियो। 
 

प्रकाशित: Nov 15, 2020| 03:05 आइतबार, कात्तिक ३०, २०७७
प्रतिक्रिया दिनुहोस्