मंगलबार, भदौ १६, २०८३

९७ लाख नगद चोरी गर्ने व्यक्ति पक्राउ 

जिल्ला प्रहरी कार्यालय चितवनले एपोलो पेन्ट्स प्रालिको कार्यालय भवनको कोठाभित्र रहेको लकर फुटाएर नगद ९७ लाख रुपैयाँ चोरी गर्ने व्यक्तिलाई पक्राउ गरेको छ।  
 |  आइतबार, कात्तिक ३०, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ३०, २०७७

काठमाडौं– एपोलो पेन्ट्स प्रालिको कार्यालय भवनको कोठाभित्र रहेको लकर फुटाएर नगद ९७ लाख रुपैयाँ चोरी गर्ने व्यक्ति पक्राउ परेका छन्।   

कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत चितवन कालिका नगरपालिका–६ बस्ने वर्ष ४० को कविराज थापालाई प्रहरीले पक्राउ गरेको हो।

२७ कात्तिक राति भरतपुर महानगरपालिका–काँडाघारीमा रहेको कम्पनीको लकर फुटाएर नगद रकम चोरी भएको थियो।

प्रहरीले चोरीको घटनाको अनुसन्धानका क्रममा सोही कम्पनीमा कार्यरत सुरक्षा गार्डलाई नियन्त्रणमा लिएको थियो।

उनले आफूले नै चोरी गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। प्रहरीले चोरी गरिएको रकम लुकाएर राखिएको अवस्थामा बरामद पनि गरेको छ। 

चोरी गर्न प्रयोग गरेको औजारसमेत बरामद गरिएको र पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
 
 

प्रकाशित: Nov 15, 2020| 08:50 आइतबार, कात्तिक ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।