मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओलीलाई भेटेर वामदेवले भने- ‘तपाईं सच्चिए मात्रै पार्टीको समस्या समाधान हुन्छ’ 

ओलीलाई भेटेर वामदेवले भने- ‘तपाईं सच्चिए मात्रै पार्टीको समस्या समाधान हुन्छ’ 

बालुवाटारमा आइतबार बिहान करिब १ घण्टा भएको भेटवार्तामा पार्टीभित्रको विवाद समाधानका विषयमा छलफल भएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए।
 |  आइतबार, कात्तिक ३०, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ३०, २०७७

काठमाडौं- पार्टी विवाद उत्कर्षमा पुगेका बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। 

बालुवाटारमा आइतबार बिहान करिब १ घण्टा भएको भेटवार्तामा पार्टी विवाद समाधानका विषयमा छलफल भएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए। 

‘प्रधानमन्त्रीले पार्टीमा देखिएको विवाद समाधान कसरी गर्ने भन्ने विषयमा छलफल गर्न बोलाएपछि उपाध्यक्षज्यू जानुभएको हो,’ सुवेदीले नेपाल समयसँग भने।

छलफलमा उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई सच्चिन आग्रह गरेका छन्। ‘तपाईं सच्चिए मात्रै पार्टीमा अहिले देखिएको सबै समस्या समाधान भएर जान्छ,’ गौतमको भनाइ उधृत गर्दै सुवेदीले भने, ‘अहिले आएको राजनीतिक प्रस्ताव पनि पाँचै नेताहरुको सहमतिमा आएको हो।’

गौतमले दुई अध्यक्ष वा अन्य नेताहरुबीच सहमति भएर अहिलेको समस्या समाधान नहुने भन्दै पार्टी कमिटीका बैठकमै छलफल गरेर त्यहीबाट निकास निकाल्नुपर्ने धारणा राखेका छन्। 

‘राजनीतिक प्रस्तावलाई फिर्ता लिने भन्दा पनि त्यसलाई सचिवालय बैठकमा प्रवेश गरेर गहन समीक्षा गरौं, त्यसपछि के गर्ने भन्ने निर्णय होला,’ गौतमले ओलीलाई भने।

पार्टीभित्र देखिएको विवाद समाधानका बारेमा छलफल भए पनि आज पनि ओलीले उपाध्यक्ष गौतमलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए। 
 

प्रकाशित: Nov 15, 2020| 06:55 आइतबार, कात्तिक ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।