मंगलबार, भदौ १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारत जान लागेका नेपालीलाई गड्डाचौकी नाकाबाट भारतीय पक्षले फिर्ता पठायो

भारत जान लागेका नेपालीलाई गड्डाचौकी नाकाबाट भारतीय पक्षले फिर्ता पठायो

पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारत जाने यात्रुलाई शनिबार भारतीय पक्षले सीमानाकाबाट फिर्ता पठाएको छ। 
 |  आइतबार, कात्तिक ३०, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ३०, २०७७

महेन्द्रनगर– पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारत जाने यात्रुलाई शनिबार भारतीय पक्षले सीमानाकाबाट फिर्ता पठाएको छ। 

भारतीय सीमा सुरक्षा बलका जवानहरूले मजदुरी गर्न जाने नेपालीलाई सीमा नाकाबाटै फिर्ता पठाएको हो। 

यसअघि आधार कार्डका आधारमा नेपाली सीमा नाका हुँदै भारततर्फ जाने गरेका थिए।  जानकारी नै नदिई सीमा नाका बन्द गरिएपछि सीमा क्षेत्रमा पुगेका नेपाली फर्कन बाध्य भएका छन्। 

भारतीय स्वास्थ्यकर्मीको टोली र अध्यागमनका कर्मचारीको टोली नआउँदा सीमा क्षेत्रमा नेपालीलाई प्रवेश गर्न नदिएको इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी नायब निरीक्षक वीरसिंह महताले जानकारी दिए।  

‘व्यक्तिगतरूपमा बुझ्दा मेडिकल र अध्यागमनको टोली नआएकाले प्रवेश नदिइएको भन्ने कुरा बुझिएको छ’, उनले भने, ‘सीमा नाका प्रवेशमा नेपालीलाई प्रवेश गर्न नदिएकोबारे आधिकारिक जानकारी भने प्राप्त हुनसकेको छैन, मेडिकल र अध्यागमनको टोली आजसम्म आए प्रवेश दिइने भन्ने छ, पछि थाहा हुन्छ।’ 

उनका अनुसार जानकारी नपाएर भारतीय सीमा क्षेत्र भएर फर्कने नेपालीको सङ्ख्या ३० देखि ५० जना जति छ। दैनिक मजदुरी, स्वास्थ्योपचार र पेन्सन बुझ्नका लागि दैनिक नेपाली सीमा नाका हुँदै भारततर्फ जाने गरेका छन्।

प्रकाशित: Nov 15, 2020| 05:42 आइतबार, कात्तिक ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।