शुक्रबार, फागुन २९, २०८२

चर्चित बंगाली अभिनेता चटर्जीको निधन

बंगाली फिल्मका चर्चित अभिनेता सौमित्र चटर्जीको आइतबार कोरोना संक्रमणबाट निधन भएको छ।
 |  आइतबार, कात्तिक ३०, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ३०, २०७७

काठमाडौं-  बंगाली फिल्मका चर्चित अभिनेता सौमित्र चटर्जीको आइतबार कोरोना संक्रमणबाट निधन भएको छ। 

National life

८५ वर्षीय चटर्जी एक महिनाअघि कोरोना संक्रमण भई कोलकातास्थित एक अस्पतालमा उपचार गराइरहेका थिए। 

जीवनको उत्तरार्धमा पुगिसक्दा पनि उनी फिल्म अभिनय निर्माणमा सक्रिय थिए। चटर्जीले सेप्टेम्बर अन्त्यमा परमव्रत चट्टोपाध्यायको फिल्म 'अभिज्ञान' मा सुटिङ गरेका थिए । यसका साथै उनी विभिन्न वृत्तचित्रमा पनि काम गरिरहेका थिए। 

सौमित्र चटर्जीले ओस्कार विजेता निर्देशक सत्यजित रेसँग मिलेर १४ वटा फिल्ममा काम गरेका थिए ।

उनले एक सयभन्दा बढी फिल्ममा काम गरेका छन्। तीमध्ये दुई फिल्म 'निरुपमा' र 'हिन्दुस्तानी सिपाही' हिन्दी हुन् । उनले हिन्दी फिल्म 'स्त्री का पत्र' नामक फिल्म निर्देशन पनि गरेका थिए ।

Laxmi sunrise bank
kumari

उनी सन् २०१२ मा दादा साहब फाल्के अवार्डबाट सम्मानित भएका थिए । यस्तै उनलाई २००४ मा भारत सरकारले पद्मभूषण सम्मान प्रदान गरेको थियो।
 

प्रकाशित: Nov 15, 2020| 07:57 आइतबार, कात्तिक ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।