नेपालमा पहिलो पटक पत्रकार पनि कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन्। पर्सामा मंगलबार संक्रमण पुष्टि भएका ३९ जनामध्ये दुई जना पत्रकारमा पनि संक्रमण भेटिएको हो।
आगामी असार मसान्तसम्म काठमाडौंमा पानी झार्ने गरी मेलम्ची खानेपानी आयोजनाले निर्माणको काम अघि बढाएको छ। ‘लकडाउन’ पछिको केही समय सुस्ताएको काम अहिले पहिलेकै गतिमा अघि बढेको आयोजनाले जनाएको छ।
सिरहाको लहानमा एक युवकको विभत्स हत्या भएको छ। लहान नगरपालिका–१७ बस्ने ३७ वर्षीय मोहम्मद सफीदको घाँटी काटेर हत्या भएको हो। हत्याराले सफीदको टाउको बेपत्ता पारेका छन्।
'नेपालको संविधानको धारा ५२ बमोजिम आफ्ना नागरिकको मौलिक हक तथा मानव अधिकारको संरक्षण र संवर्धन गरी राज्यको दायित्व वहन गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ।'
चितवनको कोरोना अस्पतालबाट सामान चोर्ने कर्मचारीलाई कारबाही गर्न मेयर उदासिन भएको आरोप लगाउँदै उपमेयससहितका जनप्रतिनिधिहरुले भरतपुर महानगरका सबै कार्यक्रम बहिष्कारको घोषणा गरेका छन्।